दलित वर्ग मै यतिको मतभेद, जातकै कारण मर्दापर्दा पनि काम लागेनन् छिमेकी

जय चन्द,बैतडी । भनिन्छ जातिय विभेद अन्त्य गर्नुपर्छ तर यहा त जातिय विभेद सुरूवात भएको देखिन्छ। आज यस्तो दिन आयो एउटा गाउँका गरीव दलितले आफ्नो आमा को मलामी जाने व्यक्तिहरू पनि‌ पाउन सकेका छैनन।तर आज मृत आमाको आत्माले पनि भन्दै होला यो धर्तीमा मैले जन्म लिनु नै गलत थियो। छोरालाई के महसूस भयो होला।

यो घटना हो बैतडी जिल्लाको सिगास गाउँपालिका वार्ड नं ०१ अंडेगाडा भन्ने ठाउका स्थानीय प्रकाश टेलर दमाईको आफ्नो मृत आमाको पार्थिव शरीर दाहसंस्कार का लागि लैजाने मलामि नपाउदा घरको आँगनमा आमाको शव कुरेर बस्नु पर्ने बाध्यता आएको थियो।

उहा गाउँकै एक्लो दमाई परिवार भएकाले मृतक ६१ वर्षीया माना टेलरको शवलाई बोकेर जातिय विभेद कै आधारमा मलामी जान कोही तयार नहुँदा यस्तो समस्या आएको रहेछ। हामि दलित भनेर हेपिए भनेर जातिय भेदभाव अन्त्य गर्नुपर्छ भनेर हिडेका दलित वर्ग मै कतिको मतभेद रहेछ भन्ने स्पष्ट हुन्छ। यो एकदम दुःखदायी आवस्था छ।

कुनै व्यक्तिलाई यस्तो अवस्था आएछ भने एउटा दलित वर्ग मात्र नभई हृन्दु धर्म लाई सिरमा राख्दै एक मानविय नाताले हामि कसैले पनि कसैको पिडामा सहायता गर्नु कुनै गलत नहोला जस्तो लाग्छ मेरो विचारमा। तर आज दलित वर्ग लेनै यतिको भेदभाव गर्छन भने किन जातिय भेदभावको बिरुद्द बोल्नु हुन्छौ ? एकजना दलितको आमा बित्दा त यतिको जातिय मतभेद भयो ठीक छ।तर एकजना डक्टर द्वारा त कहिल्यै भनिदैन मत वाहमुन,क्षेत्रि हु दलितको उपचार गर्दैन नत दलित डक्टर द्वारा भनिन्छ म आफ्नो जात बाहेक कसैको उपचार गर्दैन भनेर। एकजना चालकले त कहिले भेदभाव गर्दैन। एकजना राष्ट्र सेवक द्वारा त कहिल्यै भेदभाव गरीदैन कुनै क्षेत्रिका छोरा/ छोरी सिपाही छन कुनै ठाँउमा दलितहरू माथि घटनाहरू घटिहाले अनि दुःखद मृत्यु हुन भयो भने उहाहरूले दलित को सव उठाउदैन कहिले भनेको सुनिदैन।नत दलित वर्ग द्वारा नै।

यो घटना एक सम्वेदनशील विषय हो यस विषयमा बैतडी जिल्ला दलित संघ द्वारा विचार गरीयोस आउने दिनहरूमा कुनै पनि वर्ग संग यस्ता घटनाहरु र समस्या उत्पन्न नहोस्। हामी सबै मानव हौ अलि धर्म संगैको जातिय संस्कार बोकेर मानवता भन्ने सिख लिनुपर्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖