बालिकालाई पैसाको लोभ देखाएर यौनधन्दामा, ठमेलको हिमालयन स्पाकी सञ्चालिका पक्राउ

काठमाडौं – काठमाडौंस्थित ठमेल रात्रिकालीन व्यवसायले परिचित ठाउँ हो। यहाँ होटल व्यवसायका साथै डान्स बार, एलओडीलगायतका रात्रिकालीन व्यवसाय सञ्चालन हुन्छन्।

पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने भनी प्रहरी-प्रशासनले ठमेललाई २४ सै घन्टा खुला छोडिदिएको छ। तर, यो क्षेत्रमा रात्रिकालीन व्यवसायसँगै अपराधजन्य क्रियाकलाप पनि उतिकै मौलाइरहेका छन्।

ठमेलको अर्को विशेषता ‘स्पा’ अर्थात् ‘मसाज’ पनि हो। होटल तथा रेस्टुरेन्टमा मदिरा पिएर लर्खरिएका व्यक्तिहरू ‘मसाज’को आनन्द लिन लालायित हुन्छन्।

त्यस्ता ग्राहकहरूलाई ‘मसाज’को आनन्द दिने बहानामा ठमेलमा खुलेका ‘स्पा’हरू ‘उदार’ प्रस्तुत हुन्छन्। उनीहरूले ‘दलाल’ खटाएरै मदिराले मदहोस् भएका व्यक्तिहरूलाई ‘स्पा’ र ‘मसाज सेन्टर’सम्म ल्याउने गर्छन्।

तर, तिनै ‘स्पा’ र ‘मसाज सेन्टर’मा गैरकानुनी तरिकाले क्रियाकलाप हुने गरेका छन्। यसक्रममा प्रहरीले ठमेलको एउटा ‘स्पा’मा छापा मार्दा नाबालिकालाई यौनधन्दामा संलग्न गराइएको पाइएको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ब्युरोका अनुसार ठमेलको एउटा ‘स्पा’मा छापा मार्दा नाबालिकालाई यौनधन्दामा संलग्न गराइएको पाइएको छ।

काठमाडौं-२६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाबाट एक नाबालिकालाई प्रहरीले शुक्रबार उद्धार गरेको छ।

‘पार्लरको काम दिलाउने भनी आर्थिक प्रलोभनमा पारी स्पा सञ्चालिकाले बालिकालाई मसाज गर्न आउने ग्राहकसँग जबरजस्ती यौनधन्दामा लगाएको पाइयो,’ ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले भने, ‘यस्तो क्रियाकलाप गरेको थाहा पाएपछि हामीले सञ्चालिकालाई पक्राउ गरी बालिकालाई उद्धार गर्‍यौं।’

कुँवरका अनुसार उक्त स्पाकी सञ्चालिका काभ्रे जिल्ला चौरी देउराली गाउँपालिका-५ की ४१ वर्षीया रमिला गौतम हुन्। गौतमले गरिब, विपन्न तथा शिक्षाको कमी रहेका बालिकालाई पैसाको प्रलोभनमा काम दिने भन्दै आफ्नो स्पामा ल्याएकी थिइन्।

स्पामा ल्याएपछि उनले ग्राहकहरूसँग यौनधन्दामा संलग्न गराइन्। आफूमाथि अत्यधिक ज्यादती हुन थालेपछि ती बालिकाले आफ्ना आफन्तमार्पत् मानव बेचबिखन ब्युरोमा उजुरी गराइन्।  

त्यसपछि गौतमलाई पक्राउ गरिएको एसपी कुँवरले बताए। गौतमलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

‘अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ,’ कुँवरले भने।रात्रिकालीन व्यवसाय, होटल, रेस्टुरेन्ट तथा स्पाहरूमा गैरकानुनी कार्य हुने गरेकाले पीडितलाई प्रहरीमा उजुरी दिन आह्वान गरिएको कुँवरले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।