बारामा सुधार केन्द्रमै कुटपिट गरी एक युवाको हत्या

काठमाडौं – बारामा पन्ध्र दिनअगाडि पुगेका एक युवालाई सुधार केन्द्रभित्रै कुटपिट गरी हत्या गरिएको छ।

प्रहरीका अनुसार कलैया उपमहानगरपालिका-९ का ३७ वर्षीय प्रदीपप्रसाद मण्डलको तीन दिनअघि कुटपिट गरी हत्या गरिएको हो।

आफन्तका अनुसार कलैया उपमहानगरपालिका-१ मा सञ्चालिन नवजन्म पुन:स्थापना केन्द्रमा मण्डलले हत्या भएको हो।

मण्डललाई सुधार केन्द्रका व्यक्ति तथा कर्मचारीहरूले मराणासन्न हुने गरी कुटपिट गरेका थिए। उनलाई कलैया सिटी अस्पतालमा प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कलैया-३ का १९ वर्षीय सरफराज मन्सुर, कलैया-४ का २२ वर्षीय निरज सर्राफ, वडा नम्बर ६ का २० वर्षीय आशु मिया शेख, वडा नम्बर १ का २४ वर्षीय अरुण सर्राफ, २ नम्बर वडाका २१ वर्षीय प्रमेश्वर साह, सोही ठाउँका १९ वर्षीय सागर गुप्ता र ३ नम्बर वडाका २९ वर्षीय तमन्ना अलि रहेका छन्।

फागुन २ गते केन्द्रमै कुटपिट गरी हत्या हुँदा बारा प्रहरीले थाहा पाएको थिएन। बारामा नयाँ प्रमुखको रुपमा प्रहरी उपरीक्षक सन्तोष तामाङ भर्खरै गएका छन्।

कार्यसम्पादनमा कमजोर रहेका तामाङ प्रधानमन्त्री केपी ओलीका पूर्वपिएसओ हुन्। सोही नाता भजाउँदै तामाङले आकर्षक पोस्टिङ हासिल गरेका थिए।

बारा प्रहरीले संलग्नहरूलाई पक्राउ गरेपछि कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको बताएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖