५ सय केजीभन्दा बढी गाँजा बरामद

विशाल बस्नेत/ महोत्तरी, लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दिवासले ५ सय केजी भन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ । सिन्धुली हुँदै बर्दिवास तर्फ आउदै गरेको बा ३ ख ५८३२ नंम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दिवासस्थित गौरिडाँडावाट बरामद गरेको हो ।

बिशेष सुचनाको आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठुलो मात्रामा गाँजा फेला पारेको लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दिवासका प्रमुख सरोज कुमार अधिकारीले जानकारी दिए ।

प्रमुख अधिकारीका अनुसार भ्यान चालक सलिन मगरलाई पक्राउ गरिएको छ । सिन्धुपाल्चोक ठुलो भन्ज्याङ घर भएका मगरलाई नियन्त्रण लिएर अहिले ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको प्रहरीले जनाएको छ ।

गत १७ गते पनि बर्दिवासवाट खटिएको व्युरो टोलीले झन्डै सय केजी खैरो हिरोईन पक्राउ गरेको थियो ।

 

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।