विद्यार्थी परिषद् कोशीको अध्यक्षमा रावत र सचिवमा ताजपुरिया सर्वसम्मत निर्वाचित

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कोशी प्रदेश अध्यक्षमा इन्द्रराज रावत निर्वाचित भएका छन् । चितवनको भरतपुरमा भएको दशौं राष्ट्रिय अधिवेशनसँगै भएको पाँचौँ प्रदेश अधिवेशनबाट रावत सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रदेश उपाध्यक्षमा रत्न श्रेष्ठ, युवराज गुरागाईं, फुरी शेर्पा र प्रदिप खतिवडा निर्वाचित भए । यसैगरी प्रदेश छात्रा प्रमुखमा कुसुम पौडेल, सह–छात्रा प्रमुखमा भावना गुरुङ र पेमा शेर्पा निर्वाचित हुँदा जनजाति कार्य प्रमुखमा मौसम राई निर्वाचित भए ।

अधिवेशनबाट मिडिया प्रमुखमा मोहन ढकाल, व्यवस्था प्रमुखमा मनिप ओझा, सह–सचिवमा अभिषेक पोख्रेल, सुदीप बस्नेत, बिन्दु ढुङ्गाना र नगेश राई निर्वाचित भए । यस्तै सदस्यहरूमा जिवस प्रसाद शाह, मनोहर पौडेल, सौरभ पोख्रेल, सञ्जीव तामाङ, मनिष थापा, साजन मगर, दिक्षा मगर, सुरेश लिम्बु, गुनशा लिम्बु, रिङ्की गुप्ता, अस्मिता शर्मा, युनिसा दाहाल, दिपेश थापा, सुरज खड्का, सुजता तामाङ, एलिसा मङ्ग्राती र मनिका तामाङ निर्वाचित भए ।

यसैगरी कोशी प्रदेशबाट राष्ट्रिय उपाध्यक्षमा चिन्तामणि बस्नेत निर्वाचित हुँदा राष्ट्रिय सचिवमा मुना बिष्ट र जितेन लोहार निर्वाचित भए । केन्द्रीय सदस्यमा पूजा ढुङ्गाना, प्रेम कार्की, कुमार पौडेल, फुरी शेर्पा, युवराज गुरागाईं, कृष्ण गिरी र रचन श्रेष्ठ निर्वाचित भए । परिषद्को राष्ट्रिय कार्यकारिणी समितिमा अध्यक्ष डा. दयाराम भुसाल र महा–सचिव दिनेश कार्कीसहित ९० जना सर्वसम्मत निर्वाचित भए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖