सुचना टाँस गरेर भोली बिहान ११ः०० बजेसम्मका लागि स्थगित

काठमाडौं, १४ चैत । प्रतिनिधिसभा बैठक भोली बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ  ।

 

आज बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक अझै सुचारू हुन नसके पछि सहमतिका आधारमा दिउँसो २ः०० बजे बस्ने भनिएको थियो । तर, यो समयमा पनि बैठक बस्न नसके पछि भोली बिहान ११ः०० बजेसम्मका लागि स्थगित भएको हो ।

प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर भोली बिहान ११ः०० सम्म स्थगित गरिएको हो । 

 

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक हिजोवाट स्थगित भएको बैठक अझै सुचारू हुन नसकिरहेको बेला समय ३ घन्टा पछि सरेको थियो ।

 

बैठक नियमित प्रक्रिया अनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरे पनि हल निस्कन नसक्दा बैठक २ दिन देखी सञ्चालन हुन सकेको छैन् ।

 

प्रतिपक्षी दलले घिसिङलाइ हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनु पर्ने माग गरिरहेका छन तर प्रधानमन्त्री ओलीले भने एक जना कर्मचारी हटाउने सरकारको निर्णयमा संसदमा जवाफ माग्ने कार्य अनुचित भएको बताएका छन् । उनले आफुले घिसिङ हटाउने बिषयमा संसदमा जवाफ नदिने हिजै बताइसकेका छन् ।

 

तर, प्रतिपक्षको अडान भने प्रधानमन्त्री ओलीले संसदमा गएर जवाफ दिनु पर्ने राखिरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।