नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा अग्नि पिडित परिवारहरुलाई राहत वितरण

विराटनगर, चैत्र १९ गते । सुनसरीको हरिनगर गाउँपालिका-५ स्थितका १२ घर अग्नि पिडित परिवारहरुलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा राहत वितरण गरिएको छ ।

चैत्र १९ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती सुस्मिता के.सी., जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना तथा हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीको विशेष आतिथ्यतामा १२ घर अग्नि पिडित परिवारका प्रत्येक घर परिवारका सदस्यहरुलाई ओढ्ने ब्लाङ्केट, म्याट, त्रिपाल, चामल, दाल लगायत खाद्यान्नका सामग्री वितरण गरिएको हो ।

राहत वितरणको क्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले विपदको समयमा पिडित परिवारलाई आईपरेका समस्यामा प्रहरीको साथ र सहयोगको लागी राहत लिएर उपस्थित भएको बताउनु हुँदै नागरिकहरुमा आई पर्ने जुनसुकै विपत्तिमा प्रहरीको सदैव साथ र सहयोग रहने विश्वास व्यक्त गर्नु भयो ।

आगलागी भएको स्थानमा प्रदेश प्रहरी प्रमुख अधिकारी, श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष के.सी. लगायतका महानुभवरुले स्थलगत अवलोकन समेत गर्नु भएको थियो । आगलागी पीडित परिवारलाई राहत सामग्री प्रदान गरेर नेपाल प्रहरी श्रीमति संघ कोशी प्रदेशले ठूलो सहयोग गरेको भन्दै गाउँपालिकाका अध्यक्ष गफार अंसारीले आभार प्रकट गर्नु भएको थियो ।

राहत वितरण कार्यक्रममा नेपाल प्रहरी श्रीमतीसंघ कोशी प्रदेशका पदाधिकारी तथा स्थानियबासीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । चैत्र १८ गते भएको आगलागीबाट १२ घर परिवारका घर तथा गोठहरु जलेर नष्ट भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖