जेनजीको प्रदर्शनमा घाइते भएकालाई विराट मेडिकलले नि :शुल्क उपचार गर्ने

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जेनजीको प्रदर्शनमा घाइते भएकालाई नि :शुल्क उपचार गर्ने भएको छ ।

हस्पिटलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै हालै नेपालका विभिन्न स्थानहरूमा भएका घटनाहरूमा घाइते भएका सबै व्यक्तिहरूको उपचार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपचार गर्ने भएको हो ।

यसैगरी, हस्पिटलले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउने जनाएको छ ।

आपतकालीन चिकित्सा प्रतिनिधी (ERT) टोली र आपतकालीन र आघात सुविधा आउन सक्ने कुनै पनि चुनौतीहरूको सामना गर्न आवश्यक सम्पुर्ण स्रोतहरूसहित पूर्ण रूपमा तयार रहेको हस्पिटलले जनाएको छ । साथै कुनै पनि आपतकालीन अवस्थाको लागि ९७६१००२५३७,९७६१००२५३२,०२१-४२२६०१, ४२३१८२ मा सम्पर्क गर्न हस्पिटलले आग्रह गरेको छ ।

विराट मेडिकलमा अत्याधुनिक आकस्मिक सेवा (इमर्जेन्सी) १०० भन्दा बढी बेडको संचालनमा रहेको छ। हस्पिटलले २४ सैँ घण्टा इमर्जेन्सी सेवा दिँदै आएको छ।

प्रेस विज्ञप्तिमा हस्पिटलले यस घटनामा दुर्भाग्यवश ज्यान गुमाउनु परेका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ।अस्पतालले सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई एकजुट भएर घाइतेहरूको उपचारमा जुट्न आह्वान गरेको छ। साथै राष्ट्रको लागि शान्ति, सुरक्षा र शक्तिको कामना गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।