विराटनगरबाट ३० किलो लागुऔषध गाँजा सहित सिटीसफारी नियन्त्रणमा

विराटनगर,२८ असोज । विराटनगरबाट ३० किलो लागुऔषध गाँजा सहित सिटीसफारीलाई नियन्त्रणमा लिइएको छ ।

मोरङको विराटनगर महानगरपालिका वडा नं. १८ वडा कार्यालय नजिकमा ICP सडक खण्डबाट फडानीतर्फ जादै गरेको प्र.१-०२-००४ ह ८२७० नं को सिटिसफारी इलाका प्रहरी कार्यालय बुधनगरबाट चेकिङमा खटिएको प्रहरी टोलीलाई देख्ना साथ सिटिसफारी छाडी चालक फरार रहेकोमा उक्त सिटिसफारी चेकजाँच गर्दा सिटी भित्र लुकाई छिपाई ल्याएको प्रतिबन्धित लागू औषध गाँजा ३० के.जी. फेलापारी सिटिसफारी सहित नियन्त्रणमा लिइएको हो ।

बरामद गांजा र सवारी इलाका प्रहरी कार्यालय रानीमा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।