सुनसरीमा पटका पड्काउने क्रममा झडप, ६ जना घाइते

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–१ सैनीमैनीमा पटका पड्काउने विषयलाई लिएर स्थानीयबीच दोहोरो झडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् ।

पटका पड्काउने क्रममा सुरु भएको विवाद सोमबार राति १०ः४० बजेतिर झडपमा परिणत भएको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रामधुनीका असई (प्रहरी सहायक निरीक्षक) झमककुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
झडपमा दुवै पक्षका घाइते भएका हुन् । घटनामा एउटा पक्षका १८ वर्षीय अजित सरदार, सरोज सरदार र १९ वर्षीय राकेश सरदार घाइते भएको सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।

उनीहरुलाई उपचारका लागि साई अस्पताल झुम्का पुर्याइएकोमा अजितलाई थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होम रेफर गरिएको छ ।
झडपमा अर्को पक्षका ४४ वर्षीय पञ्चु सरदार, ३५ वर्षीय उजित सरदार र १७ वर्षीय रितेश सरदार घाइते भएको जानकारी खतिवडाले दिए । उनका अनुसार सामान्य अवस्थाका घाइतेको साई अस्पताल झुम्कामै उपचार भइरहेको छ ।

स्थानीयबीच सामान्य विवादबाट सुरु भएको झगडा कुटपिट एवं झडपमा परिणत भएपछि प्रहरीले तत्कालै घटनास्थल पुगेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।