विराटनगरमा भेटिइन् हराएकी आयुषा धिमाल
मोरङ , ८ कार्तिक । हिजो दिउँसोदेखि हराएकी मोरङ कानेपोखरी–५, दुम्रीघाटकी १४ वर्षीया आयुषा धिमाल आज बिहान विराटनगरमा सुरक्षित अवस्थामा भेटिएकी छिन्।
आयुषा विराटनगरको विजुली अफिस पश्चिमतर्फ दुई जना महिलासँग देखिएकी थिइन्। मोरङ प्रहरीले मोबाइल लोकेशनको आधारमा खोजतलास गर्दै उनी बसिरहेको स्थान पत्ता लगाएको हो।
आयुषासँगै रहेका करिब ३० वर्ष उमेरका दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
आयुषा उर्लाबारी नगरपालिका–३, मङ्गलबारेकी हुन्। उनी तिहार अघि मामाघर कानेपोखरी ५ दुम्रीघाट आएकी थिइन्। हिजो दिउँसो २ बजेदेखि हराएकी उनलाई परिवार र प्रहरीले संयुक्त रुपमा खोजतलास गर्दै आएका थिए।


