पूर्वका तीन जिल्लामा दैनिक जस्तै हराउन थाले किशोरी

मोरंग । पछिल्ला केही महिनायता पूर्वका तीन प्रमुख जिल्ला मोरङ, सुनसरी र झापामा किशोरीहरू बेपत्ता हुने घटनाले समाज नै स्तब्ध बनेको छ।

सामाजिक सञ्जालको दुरुपयोग र अभिभावकको असावधानीबिच किशोरीहरू हराउने क्रम बढ्दै गएको प्रहरीले जनाएको छ।

चाडपर्वको रमाइलो माहोलबीच पनि केही परिवारमा अहिले न त दीपावलीको चमक छ, न त भाइटिकाको खुसी। मोरङ, केराबारी–३ की १४ वर्षीया रुका मगर र सुनसरी, इनरुवा–५ की १५ वर्षीया भावना पाण्डे भाइटिका र लक्ष्मीपूजाको दिनदेखि सम्पर्कविहीन छन्।

रुकाकी आमा लीला माया मगर भन्छिन्, “छोरी भाइटिका लगाउन घरबाट निस्केकी थिई, त्यसपछि कहाँ गइन्, केही पत्तो छैन।” भावना पनि भैलो खेल्न भन्दै निस्केकी थिइन्। “कसरी हराइन्, कता गइन् भन्ने कुनै अत्तोपत्तो छैन,” उनका आफन्तहरू भन्छन्।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेवेका अनुसार नेपाल र भारत दुवैतर्फ सीमा क्षेत्रमा ती किशोरीहरूको खोजी तीव्र पारिएको छ। “हामीसँग केही सुरागहरू छन्, चाँडै पत्ता लाग्ने अपेक्षा छ,” उनले भने।

यसैबिच, मोरङको लेटाङ–२ की १३ वर्षीया अंशु गौतमको शव भेटिँदा बेपत्ताका घटनाले भयावह मोड लिएको छ। २१ असोजमा साथीलाई भेट्न जान्छु भनेर घरबाट निस्केकी अंशु दुई सातापछि बेलबारी–चिसाङ साझेदारी वनमा क्षतविक्षत अवस्थामा मृत फेला परिन्।

स्थानीयले घाँस काट्ने क्रममा टाउको र शरीर छुट्टिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। कपडा, चप्पल र घडीका आधारमा परिवारले पहिचान गरेको शव फरेन्सिक परीक्षणका लागि पठाइएको मोरङका एसपी कवित कटुवालले जानकारी दिए।

कटुवालका अनुसार, “डीएनए परीक्षणपछि मात्रै आधिकारिक पुष्टि हुन्छ। घटनाको अनुसन्धान चुनौतीपूर्ण छ।”उता, मोरङकै उर्लाबारी–३ की १४ वर्षीया आयुषा धिमाललाई प्रहरीले सकुशल उद्धार गरेको छ। मामाघर कानेपोखरी–५, दुम्रीघाटबाट हराएकी उनलाई विराटनगर बरगाछीस्थित होटेलबाट फेला पारिएको प्रहरीले जनाएको छ।

झापा, बुद्धशान्ति की १३ वर्षीया बालिका सन्ध्या गुप्ता शनिबार दिउँसोदेखि बेपत्ता भएकी थिइन ।घरबाट दिउँसो एकाएक बेपत्ता भएकी गुप्तालाई स्थानीय तथा प्रहरीको सहयोगमा शनिवार राति १० बजे काँकडभिट्टाबाट फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालिकाहरू हराइरहेको घटनाहरू झापामा समेत पछिल्लो समय आइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पारिवारिक कलहका कारण पनि घटनाहरू बढ्दै गएको झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र खडकाले बताए। उनले झापामा रहेका बोर्डर तथा सीमा क्षेत्रहरूमा प्रहरीलाई कडा रूपमा ड्युटी गर्न लगाइएको पनि उल्लेख गरे।प्रहरी तथ्याङ्कले देखाउँछ—हराउनेमध्ये अधिकांश किशोरीहरू नै छन्। सामाजिक सञ्जालको बढ्दो प्रयोग, अपरिचितसँगको सम्पर्क, लोभलालच र प्रेमको प्रलोभनमा पर्ने क्रमले समस्या गहिरिँदो छ।

फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता माध्यमले किशोरीहरूलाई सजिलै जालमा पार्ने माध्यम बनेका छन्। प्रहरी भन्छ, “कतिपय घटनामा यिनै सम्बन्धपछि बलात्कार र हत्यासम्मका अपराध भएका छन्।”-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖