झापाको दमकमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक टिनको छानो भएको घर पूर्ण रूपमा जलेर नष्ट

​झापा। झापाको दमक नगरपालिका–८, अर्गानिक कृषि भवन नजिकै आइतबार दिउँसो विद्युत् सर्ट भएर आगलागी हुँदा एक टिनको छानो भएको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

​२०८२ साल कात्तिक ९ गते आइतबार करिब ४:३० बजेतिर दमक–८ बस्ने रविन खड्काको दुईतले टाँडे घरको पछाडिको कोठाबाट विद्युत् सर्ट भई आगो फैलिएको थियो।

​आगलागीबाट खम्बा र काठको बेरासहितको उक्त घर पूर्ण रूपले जलेको छ। घरभित्र राखिएको सम्पूर्ण सरसामान, लत्ताकपडा, भाडावर्तन, अन्नपात, काठपात, फर्निचर र गरगहनासमेत जलेर नष्ट भएका छन्। आगलागीबाट भएको क्षतिको यकिन विवरण भने तत्काल खुल्न सकेको छैन।

​स्थानीय बासिन्दा, इलाका प्रहरी कार्यालय (इप्रका) दमकबाट खटिएको प्रहरी टोली, मोरङको उर्लाबारी नगरपालिकाको दमकल र कमल गाउँपालिकाको दमकलको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा आएको थियो।

आगलागी करिब ५:५० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको हो।
​घटनामा कुनै पनि मानवीय वा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।