झापामा भेटियो बेलबारीबाट हराएको मोटरसाइकल
बेलबारी । मोरङको बेलबारी ३ बाट लक्ष्मी पूजाको दिन चोरी भएको मोटरसाइकल झापामा फेला परेको छ ।
बेलबारीका सरोज सुबेदीको नाममा रहेको पल्सर २२० सिसीको मोटरसाइकल घरबाटै हराएपछि खोजी गर्ने क्रममा झापाको कमल गाउँपालिकास्थित पाडाजुँगीको उत्तरपट्टीमा भेटिएको हो ।
सुवेदीले चोरीमा संलग्नहरुको तस्विर सहितको हुलिया समेत सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।


