शनिबारदेखि बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ हेरफेर

काठमाडौ । शनिबारदेखि बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ हेरफेर भएको छ।

भारतबाट नयाँ मूल्य सूची आएसँगै डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ हेरफेर गरेको नेपाल आयल निगमले जनाएको छ।

निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रूपैयाँ घटाएको हो।

त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाएको हो। पेट्रोलको भाउ भने यथावत छ।

निगमका अनुसार शुक्रबार भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीमा पेट्रोलको भाउ ०.०३ रूपैयाँ र हवाई इन्धनको ०.८६ रूपैयाँ बढेर आएको छ। डिजेलको १.१९ रूपैयाँ घटेर आएको छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब डिजेल–मट्टीतेलको प्रतिलिटर १४१ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा प्रतिलिटर १४३ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल–मट्टीतेलको प्रतिलिटर १४४ रूपैयाँ पर्नेछ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २८ रूपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर काठमाडौंमा अमेरिकी डलर ९७३, पोखरामा ८०३ र भैरहवामा ७९० तोकेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖