बिराटनगरबाट जांदै गरेको यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्य सहित चार जनाको घटनास्थलमै मृत्यु

धनुषा । धनुषामा यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई बालबालिका गम्भीर घाइते भएका छन् । शनिबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ वीरेन्द्र बजारमा दुर्घटना भएको हो ।

विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१-००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ह १२३० नम्बरको अटो रिक्सालाई ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीका अनुसार, दुर्घटनामा चारै जनाको घटनास्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर र ३५ वर्षीया निशा मगर रहेका छन् । उनीहरू एकै परिवारका सदस्य हुन् । यसैगरी, सोही अटो रिक्साका चालक अन्दाजी ४० वर्षीय डम्बर राईको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस दुर्घटनामा १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन् । उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖