झापा, मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

विराटनगर, कार्तिक १६ गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक १५ गते सुनसरीको इनरुवा नगरपालिका-४ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को. ३ प ६६२३ नम्बरको मोटरसाईकलमा सवार बराहक्षेत्र नगरपालिका- १ का सुशिल श्रेष्ठ र अहिम ताम्राकारलाई ५ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा झापाले मेचीनगर नगरपालिका-६ बाट मकवानपुर हेटौडाका हिमाल मगरलाई ३९० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने मोरङको विराटनगर-१५ बाट भारत बिहार अररियाका ३६ बर्षीय मोहम्मद साहिदलाई ११ मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय रानी (सिमा)ले पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।