कोशी प्रदेश सरकारद्वारा ३९ अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत
विराटनगर । कोशी प्रदेश सरकारले सार्वजनिक सेवामा मितव्ययिता अपनाउँदै अनावश्यक संरचना र दरबन्दी घटाउने संघीय सरकारको परिपत्रलाई बेवास्ता गर्दै ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले गत असोज ५ गते सार्वजनिक सेवा चुस्त, छरितो र मितव्ययी बनाउन अनावश्यक दरबन्दी कटौती गर्न परिपत्र गरेको थियो । तर आइतबार बिहान बसेको कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले भने पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका चारवटा कार्यालयका लागि उक्त अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा दरबन्दी स्वीकृत गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।


