झापाको कनकाईमा अज्ञात पुरुषको शव फेला

झापा, कार्तिक १७ । झापा जिल्लाको कनकाई नगरपालिका–२, झण्डी खोप क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

आज सोमवार दिउँसो करिब १२:३० बजे तिर अन्दाजी ४० देखि ४२ वर्ष उमेरका, पहाडी मूलका जस्तो देखिने पुरुष व्यक्ति घोप्टो परि मृत अवस्थामा भेटिएका हुन्। मृतकको नाम, थर र वतन भने हालसम्म खुल्न सकेको छैन।

घटनास्थलको प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी, झापाबाट प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाको थप अनुसन्धान र कानूनी प्रकृया अघि बढाइएको प्रहरीको भनाइ छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖