झापाको कमलमा वाईफाई मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृ्त्यु

झापा । झापाको कमल गाउँपालिका–६ मंगलबारेमा वाईफाई मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ।

फस्ट लिंक (वाईफाई) कम्पनीमा कार्यरत शिवसताक्षी नगरपालिका–१ निवासी १९ वर्षीय आसिस खनाललाई कार्तिक ११ गते साँझ करिब ५:३० बजे बिजुलीको पोलमा चढेर मर्मत कार्य गर्दै गर्दा उच्च भोल्टेजको तार छोइएर करेन्ट लागेको प्रहरीले जनाएको छ।

घाइते खनाललाई तत्काल उपचारका लागि आम्दा अस्पताल खरखरे, दमक लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल, बिराटनगर सारिएको भए पनि उपचार सम्भव नहुने भएकाले आफन्तले उनलाई घर फर्काएका थिए।

घर फर्काएपछि कार्तिक १९ गते खनालको मृत्यु भएको झापा प्रहरीले जनाएको छ। मृतकको शवलाई कार्तिक २० गते सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको थियो। पोष्टमार्टमपछि शव मृतकका बुबालाई बुझाइएर अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।