मोरङको लेटाङमा १८ करोड वर्ष अगाडिको दुर्लभ ईतिहास बोकेको सेलामेन्डर फेला
मोरङ । लेटाङ–७ वारङ्गीस्थित सुकेपोखरी क्षेत्रमा नेपालको अत्यन्त दुर्लभ उभयचर जनावर सेलामेन्डर (Salamander) फेला परेको तथ्य सार्बजनिक भएको छ। वैज्ञानिक रूपमा Tylototriton verrucosus नामले चिनिने यो प्रजाति करिब १८ करोड वर्ष अगाडि डाइनोसरसँगैको युगको जीवित इतिहास बोकेको जनावर मानिन्छ।
विशेषज्ञहरूका अनुसार, यो सेलामेन्डर प्रजाति नेपालमा पाइने हिमालयन सेलामेन्डर हो, जुन देशकै अत्यन्तै दुर्लभ उभयचर जनावरहरूमध्ये एक हो। यसको शरीर कालो–खैरो रंगको हुन्छ र टाउकोदेखि पुच्छरसम्म सुन्तलाम्मे धर्सा देखिन्छ। छालामा साना दाना (warts) भएका कारण यसलाई Crocodile Newt पनि भनिन्छ।
सेलामेन्डर प्रायः १००० देखि २५०० मिटर उचाइका ओसिला वन क्षेत्र र पोखरी नजिकका चिसा स्थानहरूमा बसोबास गर्छ। लेटाङ–७ को सुकेपोखरी पनि यस्तै वातावरण भएको कारण यो दुर्लभ प्रजातिको लागि उपयुक्त बासस्थान बनेको हो।
स्थानीयहरूका अनुसार, वर्षातको समयमा विशेष गरी राति यो जनावर पोखरी वरिपरि देखिने गर्छ। यो रात्री–सक्रिय (nocturnal) जनावर हो, यसले साना किरा, कीराका लार्भा तथा फ्याँक्रा आदि खाने गर्छ।


