कुशल भुर्तेलद्दारा एकै ओभरमा ६ छक्का प्रहार

 

काठमाडौं, १७ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का हानेर किर्तिमान कायम गरेका छन ।  

सिंगापुरमा जारी एसियन गेम्स पुरुष टी–२० क्रिकेट क्वालिफायरअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सो किर्तिमान बनाएका हुन् । 

चीनविरुद्धको खेलमा भुर्तेलले आक्रामक ब्याटिङ गर्दै एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका हुन् ।

सिंगापुर नेशनल क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि ९ औँ ओभरमा भुर्तेलले सो ऐतिहासिक सफलता हासिल गरेका हुन् । उनले चिनियाँ बलर जोङ युचाओको ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै मैदानमा सनसनी मच्चाए ।

यससँगै कुशल भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वकै चुनिएका खेलाडीहरूको सूचीमा सामेल भएका छन् । यसअघि नेपालकै दीपेन्द्र सिंह ऐरीले मंगोलिया र कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।