तीनजुरेमा सुबिधा सम्पन्न भ्यु टावरको शिलान्यास

तेह्रथुम, १० फागुन – तेह्रथुम संखुवासभा र ताप्लेजुङको सिमा क्षेत्र तीनजुरेमा निमार्ण हुने सुबिधा सम्पन्न भ्यु टावरको शिलान्यास गरीएको छ ।

पर्याटन बिकासका साथै पर्याटकिय क्षेत्र बनाउने उदेश्यका साथ गुराँसको राजधानीमा निमार्ण हुन लागेको भ्यु टावरको तेह्रथुमका सभासद भवानी प्रसाद खापुङले एक कार्यक्रमका साथ शिलान्यस गर्नु भएको छ ।

लालीगुराँस नगरपालिका ४ मा रहेको पाथीभारा मन्दिर नजिकै २ करोड १३ लाख रुपेयाँको लागतले निमार्ण हुन लागेको भ्यु टावर चार तलाको हुने र पहिलो तलामा सुचना केन्द्र दोश्रो तलामा खुद्रा पसल तेश्रो तलामा क्याफे र चौथौ तलामा भ्यु पोईन्ट रहेने पर्याटन कार्यलय झापाका प्रमुख गणेश तिन्सीनाले बताउनु भयो ।

शिलान्य कार्यक्रममा तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधीकारी मुनका न्यौपाने स्थानीय बिकास अधीकारी प्रल्हाद कुमार कार्की लगायतले भ्यु टावर पर्यटकहरुको मुख्य आर्कषणको केन्द्र बन्ने बताउनु भयो ।

पर्याटकहरुको मुख्य आकर्षणको केन्द्रको रुपमा गुराँसको राजधानी तिनजुरे मिल्के र जलजले क्षेत्रमा प्राकृतिक सुन्दरता सँगै आन्तरीक तथा बाह्रय पर्याटकहरु दिन प्रतिदिन भित्रीन्ने क्रम बढ्दै गएको छ ।

यस क्षेत्रमा नेपालमा पाईने ३२ मध्ये २८ प्रजातीका लालीगुराँसहरु पाईने गरेको छ । गुराँससँगै यहाँ पाईने जडबिुटी, ऐतिहाँसिक ताल पोखरी, अग्ला पहाड, सिमसार क्षेत्र, लोपउन्मुख जडीबुटी र बन्यजन्तु पाईने भएकोले संरक्षणका लागी प्रस्ताब राखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖