पोखरामा जङ्गल महोत्सव सुरु

पोखरा, १२ फागुन । पोखराको शान्तिवन वाटिकामा आजदेखि जङ्गल महोत्सव सुरु भएको छ ।

परिचय नेपाल पोखराको आयोजनामा सुरु भएको सो महोत्सव यही फागुन २१ गतेसम्म सञ्चालन हुनेछ । दर्शकको आकर्षणका लागि महोत्वमा रोबोटिक भूतघर, अन्तर्राष्ट्रियस्तरका खेलाडीबीच कुस्ती, फेसन सो, नाटक मञ्चनसँगै मुक्तकका कार्यक्रम राखिएको संस्थाका अध्यक्ष सोभित बस्यालले जानकारी दिनुभयो ।

महोत्सवमा १७० भन्दा बढी चराको आवाज दुरुस्तै निकाल्न सक्ने रमेश दुलालको प्रस्तुति, खुकुरी नृत्य, मोडलहरूको प्रस्तुति, घोडा र उँट चढाइको समेत व्यवस्था गरिएको छ । कार्यक्रमबाट भएको आम्दानीबाट शान्ति वन वाटिका क्षेत्रको सडक स्तरोन्नति र पोखरामा निर्माणाधीन नाटकघरका लागि रु ५० हजार छुट्टयाइने बताइएको छ ।

पोखरामा बिहीबारदेखि सुरु भएको जङ्गल महोत्सवमा राखिएका विभिन्न जङ्गली जनावरका आकृति । तस्बिर: निमदत्त सुवेदी, पोखरा, रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।