तेह्रथुम बहुमुखी क्याम्पसमा अनेरास्ववियुद्धारा गएरातिबाट तालाबन्दी

छथर क्याम्पसमा ९५ प्रतिशत मत खस्यो, अनेरास्वबियु र संयुक्त प्यानल बिच कडा प्रतिस्पर्धा

धनकुटा खबर । तेह्रथुम, १८ फागुन । तेह्रथुमका तीन वटा क्याम्पसमा बुधबार स्वतन्त्र विद्यार्थी युनियनकालागि मतदान हुँदैछ । एक त्रिवि आंङ्गिक सहित जम्मा छ वटा क्याम्पस रहेको जिल्लामा म्याङलुङ्ग बहुमुखी क्याम्पस र ह्यात्रुङ झरना क्याम्पसमा यसअघि नै निर्वाचन कार्यक्रम स्थगित भइसकेको छ ।

त्रिवि आंगिक क्याम्पस तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडामा भने गएराति अनेरास्ववियुले तालाबन्दी गरेपछि निर्वाचन हुने नहुने अन्योल बनेको छ । सबै विद्यार्थी संगठनसँग छलफल गरेर सहमतिबाटै निर्वाचन कार्यक्रम अघि बढाउने प्रयत्न भइरहेको निर्वाचन अधिकृत गणेश विमलीले बताउनुभयो । यता नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र संघीय लिम्बुवान विद्यार्थी युनियनको संयुक्त गठबन्धनले भने विज्ञप्ति जारी गर्दै कुनैपनि हालतमा निर्वाचन गराउन माग गरेको छ । विज्ञप्तिमा हार्ने सुनिश्चित भएपछि तालाबन्दी गरेको भनिएको छ ।

सदरमुकाममै रहेको म्याङलुङ्ग क्याम्पसमा भने कक्षा–११ र १२ का विद्यार्थीले मतदान गर्न पाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेपछि क्याम्पसले सहमतिमा मात्रै स्ववियु गठन गर्न सकिने बताएको छ । ह्यात्रुङ झरना क्याम्पसमा पनि सहमतिको प्रयासकालागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत खगेन्द्र खत्रीले बताउनुभयो ।

यसबाहेक जिरीखिम्ती बहुमुखी क्याम्पस, बसन्त बहुमुखी क्याम्पस र छथर बहुमुखी क्याम्पसमा भने विहान बाट निर्वाचन हुने कार्यतालिका रहेको सम्बन्धित क्याम्पसहरुले जनाएका छन् ।

स्वबियु निर्बाचन अन्तरगत छथर क्याम्पसमा ९५ प्रतिशत मत खस्यो अनेरास्वबियु र संयुक्त प्यानल बिच कडा प्रतिस्पर्धा

स्वबियु निर्बाचन अन्तरगत तेह्रथुमको छथर क्याम्पसमा ९५ प्रतिशत मत खस्यो अनेरास्वबियु र संयुक्त प्यानल बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

आज बिहान ९ बजेबाट सुरु भएको निर्बाचनमा अनेरास्वबियुका गोपाल तिगेला र संयुक्त प्यानलका पबित्रा पौडेल बिच कडा प्रतिस्पर्धा भएको छ । संयुक्त प्यानल अन्तरगत संघिय बिद्यार्थी युनियन, अखिल क्रान्तकिारी र नेबिसंघ रहेका छन । निर्बाचन प्रमुखका अनुसार १ बजे सम्म मतदाताहरुले मतदान गरेपछि पछि तुरुन्तै मनगणना सुरु हुने भएको छ । क्यापसमा टोटल ६० जना बिद्यार्थीहरु मध्ये अहिले सम्म ५७ जनाले मतदान गरी सकेका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।