डिआइजी नवराज सिलवाल हस्पिटलमा भर्ना, यस्तो अवस्थामा भेटिए…
काठमाडौं ११ बैसाख – प्रहरी नियन्त्रणमा रहेका डिआइजी नवराज सिलवाल साँझ छुटेपछि अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि सिलवाल ललितपुरको बि एण्ड बि अस्पतालमा भर्ना भएका हुन्।
प्रेसर बढेपछि उनी अस्पताल गएका हुन्। उनमा मेरदण्डको समेत समस्या थियो। मेरुदण्डमा समस्या रहेपछि बिदा लिएर उनी बसिरहेका थिए। आइजिपी बढुवामा सर्वोच्च अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकनमा किर्ते गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर वयान लिएको थियो। साँझ काठमाडौं प्रहरी परिसरका डिएसपी बसन्त रजौरे र महानगरीय प्रहरी कार्यालयका डिएसपी रमेश थापाको टोलीले उनलाइ अस्पताल लगेर छाडेको हो।
कार्यसम्पादन मूल्यांकनमा किर्ते गरेको आशंका गर्दै सरकारले प्रहरी प्रधान कार्यालयलाई सिलवालमाथि छानबिन गर्न निर्देशन दिएको थियो। सिलवाल पक्राउ परेपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको रिट परेको थियो। प्रधानन्यायाधिश सुशिला कार्कीले सिलवाललाई वकिल र सर्वोच्चको रजिष्ट्रारको रोहवरमा रिहा गर्न आदेश सुनाएकी थिइन।
तर प्रहरीले सर्वोच्चको आदेश अटेर गर्दै सिलवाललाई अदालतमा उपस्थित गराएन। बि एण्ड बि अस्पतालमा भर्ना अघि प्रहरीले वीर अस्पतालमा लगेर उनको स्वास्थ्य परीक्षण गराएको थियो।
हेर्नुहोस् लाईटनेपालको यो भिडियो रिपोर्ट


