यसरीनै भर्ना फि बडाउने हो भने हामी बोडिङ स्कुल बन्द गराइदिन्छौ : नविना लामा (भिडियो सहित)

शैक्षिक क्षेत्र व्यापारीकरणको केन्द्र बन्दै

काठमाडौं – शिक्षामा नीजी संस्थाहरुले मनोमानी ढङ्गले गरेको भर्ना शुल्क वृद्धिदरप्रति संयुक्त विद्यार्थी संगठनले आलोचना गरेको छ । सोमबार रिर्पाेटर्स क्लबमा पत्रकार सम्मेलन मार्फत उक्त कुराको आलोचना गरेका हुन् ।

अनेरास्ववीयूको अध्यक्षतामा गठन गरिएको विभिन्न विद्यार्थी संगठन प्यानलले शिक्षामा व्यापारिकरण भैरहेको भन्दै शिक्षामा भैरहेको कालो व्यापारिकरण रोक्न सरकारलाई ध्यानाकर्षण स्वरुपको ज्ञापनपत्र बुझाएको अनेरास्ववीयूका अध्यक्ष नविना लामाले बताईन् ।

लामाले बैशाष ५ गते सरकारलाई ३ दिनको समयसीमा तोकेर ध्यानाकषर्ण गरउँदा पनि सरकारले त्यसको सुनुवाई नगरेको बताउँदै बैशाष १२ गतेबाट आन्दोलनका निरन्तर कार्यक्रमहरु गरिने पत्रकार सम्मेलन मार्फत जानकारी गराईन् । शिक्षा नीति नै स्पष्ट नभएको भन्दै अध्यक्ष लामाले स्पष्ट नीतिको माग राखेर अब सरकारले जवाफ दिनु पर्ने समय आएको बताईन् ।

नीजी क्षेत्रले शिक्षा प्रणालीलाई मनोमानी ढङ्गले चलाई रहंदा पनि सरकार चुपलागेर बस्नु भनेको सरकारको लाचारिपना भएको बताउँदै यस्को जवाफ सडक र सदन दुवैबाट मागिने उनले बताईन् । विद्यार्थीका हकहीतका लागि गरिने यो आन्दोलन विगत भन्दा केही फरक हुने संयुक्त विद्यार्थी संगठनले बताएको छ ।

हेर्नुस् लाइटनेपालका लागि रुपनी जीएमले लामा संग लिएको अन्तर्वार्ताको भिडियो : 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖