पक्राउ परेका ‘गुन्डा नाइके’ दीपक मनाङ्गे चुनावभर थुनामा

काठमाडौं, गुन्डा नाइके दीपक मनाङ्गे पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार राति ठमेलबाट मनाङ्गेलाई पक्राउ गरेको हो ।

चुनावमा सुरक्षा खतरा हुने भन्दै एकसय २२ गुण्डाको सूचि बनाएको परिसरले त्यही अनुसार मनाङ्गेलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छविलाल जोशीले जानकारी दिए। मनाङ्गे प्रहरीले तयार पारेको गुण्डाको सूचिमा ए ग्रेडमा थिए ।

प्रहरीले गुण्डाहरुको गतिविधि हेर्दै ए, बी, सी भनेर छुट्याएको थियो । पक्राउ परेका मनाङ्गेलाई चुनाव अवधिभर थुनामै राख्ने एसएसपी जोशीले बताउनुभयो । ‘चुनावमा अप्रिय घटना नहोस् भनेर हामीले सुरक्षा सतर्कता र निगरानी बढाएका छौं, चुनाव अवधिभर मनाङ्गे हिरासतमै बस्छन्’ एसएसपी जोशीले भने । मनाङ्गे राप्रपाका नेता हुन् ।

प्रहरीले पटक पटक पक्राउ गर्न थालेपछि उनी गएको पुसमा राप्रपामा प्रवेश गरेका थिए । पुसमा मनाङ्गेसहित उनको ग्याङका तीनसय जनालाई राप्रपा अध्यक्ष कमल थापाले गत पुसमा पार्टीमा प्रवेश गराएका थिए । प्रहरीको तथ्याङक अनसार उनी आपराधिक क्रियाकलापमा लाग्दै आएका छन् ।

गएको वर्षको असारमा प्रहरीले उनलाई व्यापारीलाई धम्काएको र चन्दा आतंक मच्चाएको भन्दै पक्राउ गरी संगठित अपराधमा कारबाही अगाडि बढाएको थियो ।

उनी पहुचको आधारमा एक महिनामै छुटेका थिए । त्यस्तै उनीमाथि आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको आरोप लागेको छ । यस विरुद्ध विशेष अदालतमा सम्पत्ती शुद्धिकरणको मुद्दासमेत चलिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖