चीनले भन्यो,- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चार वर्षभित्र बनाइछाड्छौं

पोखरा, २५ वैशाख । नेपालका लागि चिनियाँ राजदूत यु होङले स्थानीय छिनेडाँडामा शिलान्यास भएको अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्नुभएको छ । उहाँसँगै विमानस्थल निर्माणको ठेक्का लिएको सिएमसिइ कम्पनीका उपाध्यक्ष लिउ सेनगोहेङ पनि हुनुहुन्थ्यो ।

निरीक्षणपछि पत्रकारलाई प्रतिक्रिया दिँदै राजदूत युले विमानस्थल निर्माणमा ऋण दिने चीनको एक्जिम बैंकसँग ऋण सम्झौता ढिलो भएकाले निर्माण अघि बढ्न नसकेको बताउनुभयो । उहाँले अब प्रक्रिया अघि बढेकाले केही दिनभित्रै ऋण सम्झौता हुने र निर्माणको काम अघि बढ्ने स्पष्ट गर्नुभयो ।

ठेकेदार कम्पनीका उपाध्यक्ष लिउले निर्माण सुरु भएपछि चार वर्षभित्रै सक्नेगरी विमानस्थलको काम तीव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । गत वर्ष वैशाख १ गते तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लगायत सबै दलका शीर्ष नेताबाट विमानस्थलको संयुक्त रुपमा शिलान्यास भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।