‘धम्क्याएर होइन, मन जितेर मत लिनुपर्छ’ : प्रमुख निर्वाचन आयुक्त डा यादव

धादिङ, २५ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आसन्न स्थानीय तहको निर्वाचनमा मतदातलाई धम्क्याएर होइन, मन जितेर मत प्राप्त गर्न सकिने बताउनुभएको छ ।

जिल्लाको निर्वाचन तयारी तथा शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिन आज धादिङबेँसी आउनुभएका प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचन आयोगद्वारा आयोजित सरोकारवालसँगको अन्तक्र्रियामा मतदाताको मन जितेर मत प्राप्त गर्न राजनीतिक दल तथा उम्मेदवारसँग आग्रह गर्नुभयो ।

उहाँले यो निर्वाचन विगतको जस्तो स्थानीय निकायको नभई स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन स्थानीय सरकार गठन गर्ने भएकाले उत्साहित भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्दै निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सबैको सहयोगको अपेक्षा निर्वाचन आयोगले गरेको छ भन्नुभयो ।

मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश भरत लम्सालको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद गुरुप्रसाद बुर्लाकोटीले निष्पक्ष निर्वाचनका लागि मतदान अधिकृतलगायत सरोकारवाला निकाय पनि निष्पक्ष हुन आवश्यक रहेको छ भन्नुभयो ।

धादिङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले निर्वाचनको तयारी र शान्तिसुरक्षाको अवस्था तथा निर्वाचन आयोगका उपसचिव देशबन्धु अधिकारीले निर्वाचन प्रक्रिया र आचारसंहिता बिषयमा प्रकाश पार्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖