प्रेस काउन्सिल नेपालद्वारा सञ्चार अनुगमनमा !

काठमाडौँ । प्रेस काउन्सिल नेपालले स्थानीय निर्वाचनका सन्दर्भमा गरेको सञ्चार अनुगमनमा एक सातामा दुई दर्जन आचारसंहिता उलङ्घनका घटना पहिल्याएको छ ।

निर्वाचन आयोगको सहकार्यमा यही वैशाख १९ गतेबाट व्यवस्थितरुपमा काउन्सिलले सुरु गरेको सञ्चार अनुगमनमा विभिन्न छापा, रेडियो, टेलिभिजन र मुख्य अनलाइनमा गरी २५ वटा आचारसंहिता उल्लङ्घनका समाचार पाइएको हो ।

काउन्सिलले आफ्ना नियमित नौ कर्मचारी र नयाँ १२ जना गरी कुल २१ जनशक्ति परिचालन गरी सो अनुगमन गरेको हो । राजधानी काठमाडौँबाट प्रकाशित हुने मुख्य पत्रपत्रिकाका साथै पहिलो चरणमा निर्वाचन हुने प्रदेशका सञ्चार माध्यमलाई पनि अनुगमनमा राखिएको छ ।

काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठले व्यावसायिक र सन्तुलित समाचार भए/नभएको र आयोगले जारी गरेको आचारसंहिता उलङ्घन भए/नभएको सम्बन्धमा काउन्सिलले गुणात्मक र सङ्ख्यात्मक दृष्टिमा नमूना सर्वेक्षण विधिबाट अनुगमन गरिरहेको बताउनुभयो ।

काउन्सिलका मुख्य प्रशासकीय अधिकृत झविन्द्र भुसालका अनुसार ती घटनाबारे आयोगलाई प्रतिवेदन पठाइएको र त्यसलाई चाँडै सार्वजनिक पनि गरिनेछ । भुसालले कोडिङसहित सफ्टवेयर प्रणालीबाट तयार हुने प्रतिवेदनबारे आयोगलाई दैनिक जानकारी दिइने बताउनुभयो । सञ्चार अनुगमनका लागि आयोगले काउन्सिललाई रु ३० लाख दिने सम्झौता गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।