मौन अवधिमा ३९ मिडियाका ७६ सामग्रीमा आचारसंहिता उल्लंघन

काठमाडौँ, जेठ १ गते । स्थानीय तहको निर्वाचन २०७४ प्रथम चरण निर्वाचनको मौन समयाबधि (बैशाख २९– ३१ गते) मा ३९ सञ्चारमाध्यमका ७६ वटा सामग्री निर्वाचन आचारसंहिता विपरीत प्रकाशन÷प्रशारण भएको पाईएको छ ।

प्रेस काउन्सिलले निरन्तर अनुगमन गर्नेक्रममा जेठ १ गते आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरुमा छापामाध्यम अग्रपंक्तिमा देखिएको छ ।

त्यस्तै अनलाईन ९ वटा र टेलिभिजन ४ वटाले उल्लंघन गरेकाछन् भने त्यसैगरी पत्रकार र तिनले प्रयोग गर्ने फेसबुकबाट पोष्ट भएका १२ वटा सामग्रीले आचारसंहिता आकर्षित भएको पाईयो ।

मौनअबधिमा पत्रकार, उम्मेदवार तथा कसैले पनि राजनीतिक दलको प्रचार–प्रसार, गालीगलौज गर्न नपाईने व्यवस्था रहेको छ । निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको काउन्सिलले सम्वन्धित उल्लंघनकर्तालाई तत्काल एलर्ट गर्नुको साथै निर्वाचन आयोगलाई नियमित प्रतिवेदन गरिरहेको छ ।

मौन अवधि शुरु हुनुअघि ६२ वटा आमसञ्चारमाध्यमका ११५ सामग्रीमा निर्वाचन आचारसंहिता उल्लंघन भएको पाईएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।