छोरीले चुनाव हार्ने देखिरहँदा प्रधानमन्त्री किन जाँदैछन् चितवन ?

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि गृहजिल्ला चितवन जाने भएका छन् ।

रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्ड उक्त विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन उद्घाटन गर्न चितवन जान लागेका हुन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरी प्रसाद ढकालले भवन उद्घाटन गर्न प्रधानमन्त्री आउने कुरा चितवनबाट टेलिफोनमा जानकारी दिए । उनका अनुसार रामपुरमा भोलि दिउँसो १२ः३० भवन उद्घाटन गरिने छ ।

मेयरमा उठेकी छोरी रेणुको ‘पोजिशन’बारे जानकारी लिने

यस्तै, प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा उठेकी छोरी रेणु दाहालको चुनावी मतपरिणामको ‘पोजिशन’बारे अध्ययन तथा जानकारी लिने र कुनै हालतमा जिताउनका लागि आवश्यक पहल थाल्ने सुत्रहरुको भनाई छ । माओवादी उच्च स्रोतले रेणु दाहालले ८ देखि १२ हजार मतअन्तरले जित्ने दाबी गरेका छन् । यसबीचमा प्रधानमन्त्री पनि चितवन पुग्न लागेका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।