ताप्लेजुङमा वस दुर्घट्ना, सिनाम बहुमुखी क्याम्पसका प्रमूख सहित २५ घाइते, २ को अवस्था गम्भिर
फिदिम : ताप्लेजुङको श्रीजंगा गाउँपालीका २ स्थित हप्पुखोलामा वस दुर्घटना भएको छ । त्यहाँवाट झापाको बिर्तामोड तर्फ हिडेको बस दुर्घटना हुँदा २५ जना यात्रु घाईते भएको स्थानीयले बताएका छन ।

घाईते मध्ये दुई जनाको अबस्था गम्भिर छ । दुर्घटनामा परेका सिनाम बहुमुखी क्याम्पसका प्रमूख महेन्द्र प्रसाद गौतम सहित २ जनाको अवस्था गम्भिर रहेको सिनाम प्रहरीले जनाएको छ ।
साँझ करीब ५ः५० बजे ना ४ ख ७४१४ नंबरको बससडक बाट करीव ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण पत्तो लागेको छैन । त्यहाँ रहेका सवै यात्रु घाइते भएको वताइएको छ ।
घाईतेलाई दुईवटा जिप मार्फत उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइदैछ । झापा बुधवारे ५ घर भएका चालक तेजबहादुर विकको हप्पुखोला स्थित स्थानिय क्लिनिकमा उपचार भइ रहेको जिल्ला प्रहरी कर्यालय ताप्लेजुङले जनाएको छ ।घाइते सवेको परिचय खुलेको छैन ।
बस हप्पुखोला सम्म दिनको समयमा जाने र पुन फर्किएर साँझ डाँडागाउँमा बास बसी विहान मात्र झापा जाने गर्दछ । सोहि क्रममा आज हप्पुखोला पुगेर फर्कने क्रममा दुर्घटना भएको हो ।


