काठमाडौंको बानियाटारमा ट्रकको ठक्करबाट सहरी विकास वोर्डका उपसचिवको मृत्यु
काठमाडौं, जेठ ६ । काठमाडौंको बानियाँटारमा ट्रकको ठक्करबाट सहरी विकास वोर्डका उपसचिव ऋषिराम पण्डितको मृत्यु भएको छ ।
शनिबार बिहान पौने ५ बजे बा २ ख ५७३० नम्बरको ट्रकले पण्डितलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तनहुँको व्यास नगरपालिका ९ स्थायी घर भएका पण्डित काठमाडौंको टोखामा बस्दै आएका थिए ।
पिपलको रुखमा जल चढाउन भनेर शनिबार बिहान श्रीमतीसँगै निस्किएका बेला उनलाई ट्रकले ठक्कर दिएको थियो । भुइँमा लडेका पण्डितलाई श्रीमतीले बचाउन खोज्दाखोज्दै ट्रक चालकले व्याक गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।
ट्रकसहित चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ । ताथलीमा पनि पैदलयात्रीको मृत्यु भक्तपुरको ताथलीमा पनि गाडीको ठक्करबाट एक दलयात्रीको मृत्यु भएको छ । शनिबार बिहान पौने १२ बजेतिर अनटेष्ट लेखिएको जेसीबीको ठक्करबाट गुल्मी घर भई हनुमान ईंटा कारखाना बस्ने ३० वर्षीय गौतम विकको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा युवा मोरा अस्पताल भक्तपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनसहित चालकलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।


