आफ्ना कार्यकर्तामाथि खुकुरी प्रहार भएपछि एमालेले उठायो कठोर कदम

रसुवा । शुक्रबार खुकुरी प्रहार घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेकपा (एमाले) रसुवाले शनिबारदेखि अनिश्चितकालीन रसुवा बन्द आह्वान गरेको छ ।

एमालेका जिल्ला अध्यक्ष कर्णेल लामाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार खुकुरी प्रहार गर्ने दोषी र दोषी भगाएको आरोप लागेका स्याफ्रुबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षकलाई कारबाही गर्नुपर्ने माग गरिएको छ । रसुवा बन्दले जनजीवन प्रभावित भएको छ ।

उता प्रहरीले भने दोषीको खोजी जारी रहेको जनाएको छ । प्रहरी सहायक निरीक्षक मधुकान्त खड्कामथि छानबिन सुरु भइसकेको बताइएको छ । शुक्रबार स्याफ्रुबेँसीका एक युवकले अर्का युवकलाई खुुकुरी प्रहार गरेपछि आक्रोशित भिडले एक मोटरसाइसकलमा आगजनी गर्नाका साथै प्रहरी चौकी स्याफ्रुबेँसीसमेत तोडफोड गरेको थियो ।

खुकुरी प्रहारबाट घाइते फुर्पु साग्बो तामाङको काठमाडौँस्थित ग्य्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको बताइएको छ । बिहीबार राति नौकुण्ड गाउँपालिका, यार्सामा भएको खुकुरी प्रहारबाट घाइते भएका व्यक्तिको पनि सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।