गणतन्त्र दिवस मनाऊदै गर्दा टुंडिखेलमा जे देखियो (भिडियो सहित)
काठमाण्डौ १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश आर्थिक सम्बृधिको बाटोतिर अघि बढेको बताए । उनले गणतन्त्र दिवसको अवसरमा महाविनाशकारी भुकम्पपछि देशमा अर्थतन्त्रको विकास ७.५ प्रतिशतले बढेको बताउँदै स्थानिय निकायको निर्वाचनले विकासको गतिलाई अझंै थप गर्ने पनि बताए ।
सोमबार काठमाण्डौको टुँडिखेलमा गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले गणतन्त्र ल्याउँदा साहादत प्राप्त गरेका वीर शहिदहरुलाई स्मरण गर्दै शहिदहरुको बलिदान र सपना खेर नगएको बताए । उनले गण्तन्त्रको मूल मर्म अनुसार नै देश अघि बढेको बताउँदै आफु सत्तामा नरहेपनि आगामी दिनहरुमा सत्ता सम्हाल्नेहरुले गणतन्त्रलाई संस्थापन गर्न कहिल्यै पछि नपर्ने विश्वास पनि व्यक्त गरे ।
सोही अवसरमा नेपाली सेनाको एउटा हेलिकप्टरले गणतन्त्र दिवस २०७४ लेखेको झण्डा फहराएको थियो भने अर्काे हेलिकप्टरले आकाशबाट पुष्प वृष्टि गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिको प्रतिक परेवा उडाएर कार्यक्रम संचालनको अनुमति दिएकी थिईन् ।


