माइक्रोबसको ठक्करबाट २ पैदलयात्रुको मृत्यु, पाँच घाइते

मलेखु (धादिङ), २३ जेठ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२, सिम्लेमा माइक्रोबसले ठक्कर दिँदा आज दुई जना पैदलयात्रुको मृत्यु भएको छ । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा थाक्रे गाउँपालिका—२ की ३० वर्षीया बन्दना परियार रहेको छ भने अर्का एक जना मृतकको सनाखत हुन नसकेको धादिङका प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो ।

ठक्करबाट गम्भीर घाइते भई उपचारका लागि काठमाडौँ लैजाने क्रममा सनाखत हुन नसेका व्यक्तिको बाटोमै मृत्यु भएको थियो ।

भैरहवाबाट काठमाण्डौँतर्फ जाँदै गरेको लु १ ज २६७४ नं. को माइक्रोबसले सडक पेटीमा हिडेका पैदलयात्रुलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका सबैलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

पैदलयात्रुलाई ठक्कर दिएपछि माइक्रोबस सडकमा पल्टिएको थियो । घटनापछि स्थानीयले दिउँसो ३ बजेदेखि पृथ्वीराजमार्ग अवरुद्ध गरी ठक्कर दिने माइक्रोबसमा आगजनी गरेका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।