नेपाल र बंगलादेशका सेना प्रमुखबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्री र बंगलादेशका सेना प्रमुख अबु वेलालमहमत सफिल हुँकबीच भेटवार्ता भएको छ । नेपालको औपचारिक भ्रमणमा आएका बंगलादेशी सेनापति हुँकले जङ्गी अड्डामा प्रधान सेनापति क्षतिसँग बुधबार शिष्टाचार भेट गरेका हुन् ।

सो भेटमा प्रधान सेनापति र बंगलादेशका सेना प्रमुखबीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशानलयले जनाएको छ ।

यसअघि बंगलादेशी सेना प्रमुखले टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्र्यापण गरेका थिए भने जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकुडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।