अक्सिजनको अभावले दर्शनार्थीको मृत्यु
दोलखा । दोलखाको प्रशिद्ध धार्मिक स्थल कालिन्चोक मन्दिर दर्शन गर्न गएकी एक स्थानीय दर्शनार्थी महिलाको ज्यान गएको छ । साविकको सुस्पाक्षमावती गाविस हालको भिमेश्वर नगरपालिका वडा नम्बर १ निवासी ७२ वर्षिया वृद्ध महिला डम्बर कुमारी खातिको दर्शन गरेर फर्कने क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार खातिको मृत्यु कम अक्सिजनका कारण लेक लागेर भएको हुनसक्ने अनुमान गरिएको भएपनि खास कारण भने खुल्न सकेको छैन ।

सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दुरीमा रहेको कुरी बजारसम्म सवारी यात्रा गरेपछी झण्डै १ घण्टाको पैदल यात्रा पश्चात कालिञ्चोक मन्दिर पुगिन्छ । स्थानीयका अनुसार कुरी बजारबाट मन्दिर सम्मको दुरी हिड्दा अक्सिजन अभाबका कारण लागेको लेक र उनको सारिरिक समस्याका कारण मृत्यु भएको हुनसक्ने अनुमान छ ।
घटनाबारे थप अनुसन्धान गर्न दोलखाका प्रहरी निरिक्षक प्रेम सागर केसीको टोली घटना स्थल कालिञ्चोक तर्फ प्रस्थान गरिसकेको छ । कालिञ्चोक गाउँपालीका स्थित वडा न. १ साविकको कालिञ्चोक गाविसमा पर्ने मन्दिरको उचाई ३ हजार ८ सय मिटर छ ।


