फोटो ग्यालेरी

पशुलाई पनि हुन्छ जाडो …

जाडो बढेपछि सुनसरीको इनरुवामा बाक्लो कपडा ओडाइएका चौपाया । केही दिनदेखि बढेकोे शीतलहरसहितको चिसोले जनजीवन कष्टकर बन्दै गइरहेको छ । तस्बिर ः नवीन गड्तौला/रासस

जेट बोटमा रमाउँदै आन्तरिक पर्यटक

सङ्खुवासभा र भोजपुरको सिमानामा पर्ने सतिघाटस्थित अरुण नदीमा सञ्चालन भएको जेट बोटमा रमाउँदै आन्तरिक पर्यटक । अरुण नदीमा जेट बोट सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिर ः

हिउँले ढाकिएको गङ्गापूर्ण ताल

हिउँले ढाकिएको गङ्गापूर्ण ताल मनाङको ङिस्याङ गाउँपालिका-६ स्थित हिउँले ढाकिएको गङ्गापूर्ण तालको सुन्दर दृश्य र पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल साथै सेताम्मे डाँडापाखा । तस्बिर : नवीन लामिछाने/रासस

शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै राससका महाप्रबन्धक राई

राससका महाप्रबन्धक राईद्वारा स्वागत मन्तव्य राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई रासस केन्द्रीय कार्यालयमा सोमबार आयोजित राष्ट्रिय (मातृभाषा) समाचार सेवा शुभारम्भ समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

भोजपुरको दक्षिण हतुवागढी गाउँपालिकामा स्वास्थ्य परीक्षणका लागि शिविरमा सर्वसाधारणको भीड

भोजपुरको दक्षिण हतुवागढी गाउँपालिकामा सोमबार आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका सर्वसाधारण । नोवेल मेडिकल कलेज तथा टिचिङ अस्पताल विराटनगरको आयोजनामा उक्त पालिकामा एक दिने शिविर सञ्चालन भएको हो

भक्का पकाउँदै विद्यार्थी

भक्का पकाउँदै विद्यार्थी विद्यालयले सञ्चालन गरेको अतिरिक्त क्रियाकलाप अन्तर्गत एक दिने ‘फुड फेष्टिवल’मा भक्का पकाउँदै मोरङ पथरी शनिश्चरे-१ पञ्चायत नमुना मा.वि.का छात्रा । तस्बिर ःगोपाल काफ्ले / रासस

प्रशोधन गरिएको सुन

प्रशोधन गरिएको सुन ताप्लेजुङमा अवस्थित पाथीभरा (मुक्कुमलुङ)मा भक्तजनहरुले चढाएका विभिन्न सुनका गरगहनालाई प्रशोधन पछि तयार गरिएका सुनका ढिक्का । २०७० साल यता १८४ तोला छ लाल सुन भक्तजनले चढाएका छन्

ताप्लेजुङमा अवस्थित पाथीभरा (मुकुमलुङ)मा भक्तजनहरुले चढाएको सुन

ताप्लेजुङमा अवस्थित पाथीभरा (मुकुमलुङ)मा भक्तजनहरुले चढाएको सुन । पाथीभरामा सुनका विभिन्न गरगहानाहरु चढाउने गर्दछन् । पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन गरेर रिफाइन गर्दै आएको छ । विसं २०७० यता १८४

भक्का खाने होइन ?

इलाम बजारमा भक्का खाँदै दुई महिला । चिसो बडेसँगै तराई भूभागमा भक्का खानेको भीड लाग्ने गर्दछन् । आजभोलि पहाडी जिल्लामा समेत भक्का खाने बढेका छन् । तस्बिर ः टीकाप्रसाद खतिवडा/रासस

भोजपुरको हतुवागढीका स्थानीय कृषक मल्दिम राईको सुन्तला बगैँचा

सुन्तला बगान भोजपुरको हतुवागढी गाउँपालिकाका- २ वालिङ गाउँका स्थानीय कृषक मल्दिम राईको सुन्तला बगैँचा । यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाण्डौँलगायतका सहरमा जाने गरेको उहाँको भनाइ छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।