आगोमा जलेर दुई वर्षीय बालकको मृत्यु

त्रिशूली, १२ चैत । नुवाकोटको गेर्खुमा दुई वर्षीय बालकको आगोमा जलेर मृत्यु भएको छ ।

विदुर नगरपालिका–११ गेर्खुका शम्भु नेपालका छोरा सुशील नेपाल जलेर गम्भीर घाइते भएको र उनको उपचारका क्रममा कान्ति बाल अस्पताल, काठमाडौँमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

शुक्रबार अपराह्न ३ बजे झाप्रीमा सुतिरहेका सुशीललाई उनका तीन वर्षका दाजु समीरले खेल्ने क्रममा झाप्रीमा अगुल्टो लगाइदिँदा लागेको आगोमा परी गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक कँडेलले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।