विस्फोटक पदार्थ निष्क्रिय

काठमाडौँ, ३१ वैशाख । आज जारी स्थानीय तहको पहिलो चरणको निर्वाचन अवरोध गर्ने उद्देश्यले विभिन्न जिल्लामा राखिएको विस्फोटक पदार्थ निष्क्रिय पारिएको छ ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका, ट्वाटीपाखास्थित पीपलबोट चौतारामा प्लास्टिकको झोलामा आज बिहान फेला परेको प्रेसरकुकर बम तत्काल प्रहरी टोली खटी नेपाली सेनासँग समन्वय गरी निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

यस्तै भक्तपुर मध्यपुरथिमि नगरपालिकाका प्रमुखका लागि नेकपा(एमाले)का उम्मेदवार मदनसुन्दर श्रेष्ठको घरको सटर अगाडि ‘खतरा’ लेखिएको पोकाभित्र आज बिहान फेला परेका सकेट बम नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसहितको टोलीले निष्क्रिय पारेको छ ।

काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका समाजकल्याण चोकस्थित अरनिको राजमार्गमा सकेट बम जस्तो देखिने वस्तु तथा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका, विन्द्रासैनीमा ‘खतरा’ लेखिएको बोतल बम फेला परेकामा प्रहरी टोली खटी नेपाली सेनासँग समन्वय गरी निष्क्रिय पारिएको प्रहरीले जनाएको छ ।

मध्यपुरथिमिमा सकेट बम

नेकपा (एमाले)का तर्फबाट मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा फेला परेको सकेट बम । तस्बिर: रत्न श्रेष्ठ, रासस

सकेट बम निष्क्रिय

नेकपा (एमाले)का तर्फबाट मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय गर्दै । तस्बिर: रोशन सापकोटा, रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖