दुई दिनअघि बेपत्ता भएका तीन किशोर अझै भेटिएनन, खोज्न हात्ती परिचालन

भीमदत्तनगर, १ जेठ । दुई दिनअघि महाकाली नदीमा बेपत्ता भएका भीमदत्तनगरपालिकाका तीन किशोर अझै भेटिएका छैनन् ।

सोमबार बिहानदेखि बेपत्ता युवाको खोजीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट तीन हात्ती ल्याएर परिचालन गरिएको छ । “नदीको दुई वटै साइडमा खोजी कार्यमा हात्तीसमेत प्रयोग गरिएको छ”, इप्रका दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक विरादत्त पन्तले भन्नुभयो, “अझै कुनै पत्तो लागेको छैन ।”

शनिबार दिउँसो महाकालीमा पानीको बहाव बढेसँगै नदी तर्ने क्रममा भीमदत्तनगरपालिका–१४ वनकट्टीका १६ –१६ वर्षीय कपिल खाती र दीपेश कुँवर तथा १५ वर्षीय राहुल उपाध्याय नदीमा बेपत्ता भएका थिए । सोही दिनदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी तीव्र पारे पनि उनीहरुको अवस्था पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ ।

“धमिलोे पानी त्यहीमाथि बहाव बढ्दा खोजी कार्य दुई दिनदेखि प्रभावित बन्यो”, प्रहरी निरीक्षक पन्तले भन्नुभयो, “प्रविधिहरु सुरक्षा निकायसित नभएकाले खोजी कार्यमा समस्या हँुदैछ ।” बोटिङ र लाइफ ज्याकेटको सहारामा प्रहरीले खोजी जारी राखे पनि धमिलो पानी भएकाले थप समस्या आइरहेको उहाँले बताउनुभयो ।

किशोरहरु बेपत्ता भएको दोधारा चाँदनी झोलुङ्गे पुलबाट करिब ५०० मि दक्षिणबाट खोजी भारतीय सीमासम्म जारी रहेको प्रहरीले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।