रञ्जु दर्शना मतगणनाको दिन पनि चर्चामा, उनीसँग सेल्फी खिच्न नेता देखि युवाहरुको तछाड-मछाड – हेर्नुहोस भिडियो सहित

काठमाडौं, विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिका मेयर उम्मेदवार रञ्जु दर्शना निर्वाचनका दिनमात्र होइन, मत गणनाको दिन पनि चर्चामा रहिरहिन्।

सभा गृहमा मत गणनाका लागि पुगेकी रञ्जुप्रति त्यहाँ उपस्थितहरुको गहिरो चासो देखियो। उनीसँग फोटो खिच्न चाहनेहरु मत गणनास्थलमै देखिए। अटोग्राफ माग्नेहरु पनि भेटिए। उनीसँग फोटो खिचाउन चाहनेमा महानगरको विभिन्न पदमा उम्मेदवार रहेर नतिजा कुरिरहेकाहरु पनि थिए।

मिडियालाई आकर्षित गर्ने उनको खुवी मत गणनास्थलमा पनि देखियो। पत्रकारहरु उनीतिर क्यामरा तेर्स्याउन हतार गरिहाल्थे। र, उनी पनि मुसुक्क मुस्काउँदै फोटोजेनिक पोज दिन तयार भइहाल्थिन्। निर्वाचनको परिणाम के हुन्छ भन्न सकिन्न तर सामाजिक सञ्जालमा भने उनी सबैभन्दा माथि छिन्।

रञ्जु दर्शनासंग सेल्फी खिच्न नेता देखि युवाहरुको तछाड-मछाड 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।