गोजीमा राखेको २ हजार निकालेको भन्दै श्रीमानले श्रीमतीलाई खुकुरीले हाने

रामेछाप, जेठ २१ । रामेछापमा श्रीमानको गोजीमा राखेको दुई हजार रुपैयाँ श्रीमतीले निकालेको भन्दै श्रीमानले श्रीमतीलाई खुकुरीले हानेका छन् । मन्थली नगरपालिका–१ रेडक्रस भवनमा मासु व्यवसाय गर्दै आएका ५५ वर्षका थरहरि घिमिरेले ५२ वर्षिया श्रीमती राधाकुमारी घिमिरेलाई टाउकोमा खुकुरीले हानेका हुन् ।

घाइते राधाको मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । खुकुरीले हान्ने श्रीमान थरहरि घिमिरेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको रमेछापका प्रहरी नायव उपरीक्षक कुमोध ढुगेलले जानकारी दिनुभयो ।

समयदेखि मासु व्यवसाय सञ्चालन गर्दै आएका घिमिरेले श्रीमतीलाई पटक–पटक विभिन्न वहानामा कुटपिट गर्दै आएका थिए । श्रीमती राधा यसबारे भन्नुहुन्छ ‘सधै रक्सी खाएर कुट्ने श्रीमानले यसपटक भने खसी काट्ने खुकुरी नै हाने ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।