गुण्डा नाइके राजु गोर्खाली र उनका गुरु पक्राउ

काठमाडौ, २२ जेठ । अपहरण, फिरौती, चन्दा, जबरजस्ती असुली, ठेकापट्ट आदिमा संलग्न हुँदै आएका कथित ‘डन’ अर्थात गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गोर्खालीलाई सोमबार बिहान पक्राउ गरेको हो । प्रहरीको उच्च निगरानीमा रहेका गोर्खालीलाई पक्राउ गरेको प्रहरी भनाइ छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले गुण्डागर्दीमा संलग्न भएको र निगरानीमा रहेकाले राजु गोर्खालीलाई पक्राउ गरेको बताए । प्रहरीले गोर्खालीका गुरु देबेन्द्र केसीलाई पनि पक्राउ गरेको छ । उनीहरूलाई अनुसन्धान गरेर कारबाही गरिने जनाइएको छ ।

प्रहरीले काठमाडौंभित्र आपराधिक क्रियाकलाप गर्दै आएका गुन्डा नाइकेहरूको सूची तयार पारेर निगरानी गर्दै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।