बसुन्धारामा जेब्राक्रसिङ नजिकैबाट सडक पार गर्ने क्रममा बसले युवतीलाई ठक्कर दियो, घटनास्थलमै मृत्यु (भिडियो सहित)
काठमाडौं, जेठ २२ । राजधानीको बसुन्धारामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । जेब्राक्रसिङ नजिकैबाट सडक पार गर्ने क्रममा सोमबार बिहान सुनसरीकी २३ वर्षीया रजिना चौधरीलाई ना४ ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मुत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ । प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् >>>


