धुर्मुस–सुन्तलीको ‘नमुना नेपाल’ बनाउने महत्वकांक्षी योजना सार्वजनिक, यस्तो छ योजना… (भिडियो सहित)
काठमाडौं, २२ जेठ । भूकम्पपीडितलाई नमूना बस्ती बनाएर निकै प्रसंशा कामाएको कलाकार जोडी धुर्मुस–सुन्तलीले अब नमूना नेपाल बनाउने योजना सार्वजनिक गर।ेको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले ‘नमूना नेपाल’ बनाउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । फाउन्डेसनले सबै नेपालीलाई जोड्ने भन्दै ‘नमुना नेपाल’ बनाउने महत्वकांक्षी योजना अघि सारेको हो । भूकम्पपछिको तीन वटा एकीकृत बस्ती निर्माण गर्न सफल भएको फाउन्डेसनले सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच ‘नमुना नेपाल’ बनाउने चांैथो योजना सार्वजनिक गरेको हो ।
फाउन्डेसनका संस्थापकद्धय चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुमुर्स’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अव नेपाललाई विश्व सामू चिनाउन पनि ‘नमुना नेपाल’ निर्माण योजना अघि सार्नु परेको स्पष्ट पारे ।फाउन्डेसनले सबै समुदाय, जाति, भाषा, समुदायलाई जोडेर नेपाललाई विश्वमा चिनाउने गरी ‘नमुना नेपाल’ अभियान संचालन गर्ने पनि स्पष्ट पारेको छ । फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउनका लागि ५ सय देखि १ हजार रोपणी जग्गा उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ ।फाउन्डेसनले यस अघि भूकम्प अति प्रभावित काभ्रेस्थित पाँचखाल डाँडागाउँमा, सिन्धुपाल्चोकको गिरानचौरमा र मुसहर बस्ती महोत्तरीको बर्दिबासमा एकीकृत बस्ती बनाईसकेको छ ।
यो पनि हेर्नुहोस् >>> यस्तो आयो धुर्मुस–सुन्तलीको ‘नमुना नेपाल’को महत्वकांक्षी योजना, चकित पर्नुहुनेछ हेर्नुहोस फोटोमा…


