जँड्याहाको उद्धार गर्दा प्रहरीको मृत्यु !

भद्रपुर, मादक पदार्थ सेवन गरेर सडकको विचमा सुतेका व्यत्तिलाई उद्धार गर्नेक्रममा कारकोे ठक्करका कारण एक प्रहरी जवानको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडमा दरबन्दी भई इलाका प्रहरी कार्यालय काकरभिट्टामा कार्यरत मोरङ् डाँगीहाट ६ का २८ वर्षिय प्रहरी जवान अशोक खवासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गस्तीमा गएको प्रहरीले झापाको मेचीनगरपालिका ६ कालीखोला स्थित पुर्व–पश्चिम सडक खण्डमा मादक पदार्थ खाएर सडक विचमा रहेका व्यत्तिलाई गत शुक्रवार राती सवा दश वजे हटाउने क्रममा पुर्ववाट पश्चिम तर्फ गइरहेको को १ च ८४५६ नम्बरको कारले खवासलाई ठक्कर दिइ घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवं प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले जनाए ।

घट्नापश्चात वेहोस रहेका जवानको उपचारको क्रममा सोमवार दिउँसो ज्यान गएको डिएसपी शर्माले बताए । ठक्कर दिने कारसहित चालकलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाइएको शर्माले जानकारी दिए ।

आफु मरेर अरुको ज्यान वचाउने प्रहरी विरलैमात्र भेटिने उनको भनाई छ । ०४६ माघ ५ मा जन्मिएका खवासले ०६९ चैत्र २५ गतेवाट प्रहरी सेवामा प्रवेश गरेका थिए भने ६ महिना अघिमात्र विवाह बन्धनमा वाधिएको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।